७ जेठ २०८१, सोमबार
Header

असनको ऐतिहासिक सम्पदा कोथुननी (घडीघर) बचाउन राज्यसँग ५ अपेक्षा


प्रकाशित: विहिवार, १६ चैत्र २०७९, १३ः०० बजे
- अजय खड्गी

काठमाडौं । असनको ऐतिहासिक सम्पदा कोथुननी (घडीघर) बचाउन कोथुननि बचाउ अयिभानले सांसहरुफार्मत राज्यसँग ५ अपेक्षा राखेका छन । 


मंगलावर चैत्र १४ गते कोथुननी, अशोक बृक्ष विहारमा सांसदहरुसँग गरिएको अन्तरक्रियामा सो अपेक्षा पत्र बुझाएको अभियानका सजिब बज्रचार्यले जानकारी दिए ।

 


सो अन्तरक्रियामा बागमति प्रदेश सांसद हरिप्रभा खड्गीश्रेष्ठ, शैलेन्द्रमान बज्राचार्य, जीवन परियार लगायतको उपस्थिीती रहेको थियो । 


उनीहरुलाई अभियानले कोथुननि बचाउन गरेको संघर्ष, यर्थारता, सत्य, तथ्यबारे जानकारी दिएको थियो । 

 

 


कार्यक्रमालाई सांसद हरिप्रभा र जीवन परियारले सम्बोधन गरेका थिए । उनीहरुले अभियानले सांसद माफर्त माग गरेको अपेक्षारु राज्य सरकारसँग पुराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 


गुठी संस्थानले कोथुननिलाई भत्काएर व्यापरिक प्रयोजनको लागि दिने निर्णय गरेपछि स्थानीय, सम्पाप्रेमीहरुले चार बर्ष अघि चर्को विरोध गरेपछि संस्थान पछि हटेको थियो ।


तर गुठी संस्थानले सो निर्णय फिर्ता नलिँदा सरोकारवाला, स्थानीय, सम्पदाप्रेमीहरु संशकित बनेका छन । 

 


अभियानकर्ताहरुले यस विषमया राज्यको विभिन्न निकायहरुसँग छलफल गरेपनि खासै उपलव्धी नहुँदा कोथननि बचाउन अभियानकार्मीहरु फेरि एक जुट भएका छन ।


सो अभियानले पाँच सय वर्ष पुरानो ईतिहास बोकेको अशोक वृक्ष विहार र मल्लकालीन व्यापार केन्द्र रहेको कोथुननि (घडी घर) संरक्षण निम्ति पहल सो पहल गरेको बज्राचार्यले बताए । 


यो विहारसँग जोडिएर विभिन्न पर्वमा पूजाआजा हुँदै आएको छ । यससँग सम्बन्धित जात्रापर्व तथा अन्य परम्परा मनाउन गुठी पनि छ । 

 


कोथुननी बचाउ अभियानले सांसदहरूलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ुविगतमा जनप्रतिनिधिहरू नभएको अवस्थामा छुट गुठीको जग्गालाई निजी रैकर गुठीको भनेर नक्सापास गरिएको थियो । 


यसविरूद्ध स्थानीय जनता न्यायिक प्रक्रियामा जाँदा सर्वोच्च अदालतले सरोकारवाला गुठी संस्थानबाट विरोध नभएको भन्दै नक्सापास बदर गर्नुपर्ने देखिएन भन्ने फैसला भयो । 


आठ आना तीन दाम क्षेत्रफलमा बनेको यो घरमा एकै छतमुनि १३ वटा पसल छन ।  तीन परिवार बसोबास गर्छन्। घरको एउटा कोठामा अशोक वृक्ष विहार छ ।


राज्यसँग गरिएको ५ अपेक्षाहरुः 
 

 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD