काठमाडौं । अष्ट्रेलियाली भिसाका लागि टोफल आईबीटी अंक पनि मान्य हुने इटिएसले जनाएको छ ।
ईटीएसका अनुसार ५ मे, २०२४ देखि टोफल आईबीटी अंक सबै प्रकारका अष्ट्रेलियाली भिसाका लागि मान्य हुने बताएको हो ।
टोफल परीक्षा सञ्चालन गर्दै आएको इटिएसले जारी गरेको सुचनाले अष्ट्रेलियामा अध्ययन र काम गर्नुका साथै बसाइँ सर्न चाहनेहरूलाई थप सहज हुनेछ ।
टोफल आईबीटीलाई अष्ट्रेलियाका विश्वविद्यालयहरूले स्वीकार गरेकाले टोफल आईबीटी अंकको आधारमा अष्ट्रेलियाली भिसाको लागि आवेदन दिन सक्ने जनाएको छ ।
टोफल आईबीटीलाई मान्यता दिएपछि नेपालका एजुकेशन कन्सलटेन्सी सञ्चालकहरुले खुसी व्यक्ति गरेका छन ।
उनीहरुले अष्ट्रेलियाको भिसा आवेदनका लागि टोफल आईबीटी स्वीकृत हुनु सुखद भएको र यसले नेपाली विद्यार्थीको अष्ट्रेलियामा अध्ययनमा पहुँच बढाउने विश्वास व्यक्त गरेका छन ।
Categorized in समाज