१५ चैत्र २०८०, बिहिबार
Header

अष्ट्रेलियामा ५ हजार उँटलाई गोली हानी मारिए


प्रकाशित: बुधवार, १ माघ २०७६, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । अष्ट्रेलियमा पानी खोज्दै सहर पसेका ५ हजार उँटलाई गोली हानी मारिएको छ । 


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ठुलो संख्यामा सहर छिरेका उँटहरुले घरमा गएर नोक्सानी पुराउन थालेपछि मंगलवारसम्म पाँच हजार उँटलाई हेलिकप्टरबाट गोली हानी मारिएको हो । 


उँटहरु खाना, पानी खोज्दै भौतिक संरचना भत्काएको र सवारी दुर्घटना समेत बढ्न सक्ने भन्दै सरकारले उँट मारेको हो । 


अष्ट्रेलियामा केही समययता डढेलोका कारण बढेको गर्मी र सुख्खाका कारण पनि उँटहरु शहरमा पसेको बताइएको छ । 


अष्ट्रेलियामा उँटको संख्याकरिब १० लाख उँट रहेको अनुमान गरिएको छ । डढेलोकै कारण त्यहाँ ५० करोड पशुपंक्षी समेत मरिसकेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD