११ बैशाख २०८१, मंगलबार
Header

अष्ट्रेलियामा डढेलोले करौडौं जनावर मरे, १५सय घर जले


प्रकाशित: आईतबार, २० पुष २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । अष्टे«लियको जंगलमा सल्केको डढेलो झनै भयंकर रुप लिन थालेपछि जनजिवन संकटमा परेको छ । 


विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चार दिनदेखि सल्केको आगोले अहिले सम्म जंगलका ५० करोड जनावर मरिसकेको युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले जनाएको छ ।


त्यसैगरी २५ जना भन्दा बढिको मृत्यु भएको छ भने १५ सयभन्दा धेरै घर जलेका छन । करोडौं एकड जमिन आगोले ध्वस्त भएको छ । मानव वस्ती र खेतीयोग्य जमिनलाई आगोले घेरेको अवस्था रहेको छ । 


केही दिन यता मानिसहरु दक्षिणपूर्वी अष्ट्रेलियाका मात्रै हजारौं बासिन्दा समुद्री किनारमा सरेका छन ।


प्रभावितहरुलाई उद्धार तथा खानपानको लागि आवश्यक सामग्रीहरु सैन्य जहाज र विमानबाट सामान ओसारिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।


अष्ट्रियाको तामक्रम बढेको कारण जंगलमा आगो लागेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन । सिएनएनका अनुसार न्यू साउथ वेल्समा अहिले करिब १० करोड एकड जमिन जलिसकेको छ । 


न्यूर्योक टाइम्सले अहिले जम्माजम्मी २ लाख ६४ हजार हेक्टर आगोले भस्म भएको उल्लेख गरेको छ । 


राजधानी क्यानबेरामा ८० वर्षपछिकै सबैभन्दा धेरै तापक्रम ४४ डिग्री सेल्सियस पुगेको त्यहाँको मौसम विभागले जनाएको छ । 


अष्ट्रेलियाको इतिहासमा तापक्रम ४९ डिग्री सेल्सियससम्म पुगेको छ ।

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD