१४ बैशाख २०८१, शुक्रबार
Header

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीमा कोरोना भाईरसको संक्रमण देखियो 


प्रकाशित: आईतबार, २५ फागुन २०७६, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । अष्ट्रेलियमा एक नेपाली विद्यार्थीमा कोरोना भाईरसको संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन ।


अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार २० वर्षे विद्यार्थीमा संक्रमण पुष्टि गरेको छ । हाल उनको आइसोलेसनमा राखेर उपचार भईरहेको छ । 


२० वर्षे ती विद्यार्थी २६ फेब्रुअरीमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका जिए ।  


अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डटकम डटएयूका अनुसार ती विद्यार्थी नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट पुगेका थिए ।


उनलाई रुघा खोकीका लक्षण देखिएपछि शुक्रबार रोयल होबार्ट अस्पतालमा परीक्षण गर्दा उनलाई सेल्फ आइसोलेसनमा बस्न आग्रह गरिए पनि उनले पालना नगरेको बताइन्छ ।


ती विद्यार्थी अष्ट्रेलियन आइडल कलेजका विद्यार्थी भएको बताईएको छ । उनीसँगै बस्ने चार जना र अन्य तीनजनालाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD