काठमाडौं । हिजोदेखि निरन्तर परिरहेको अविरल बर्षाको कारण अहिले सम्मको काठमाडौंको तिन जिल्लामा २१ जनाको मृत्यु भएको छ ।
उपत्यकाको काठमाडौ, ललितपुर र भक्तपुरमा उक्त संख्यामा मृत्यु भएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।
रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार बाढीमा परेर काठमाडौं र ललितपुरमा ९/९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको भने उपत्यकाको ३ जिल्लामा १२ जना घाइते भएका छन ।
त्यसैगरी, काठमाडौंमा २२६ घर डुबानमा परेका छन भने उत्यकामा सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार २३ वटा ढुंगासहित १ हजार ५१२ जनाको टोली उद्दार कार्यमा परिचालन गरिएको छ ।
अहिले सम्म ३ हजार ६० जनाको उद्दार टोली खटिएको छ । साथै थप उद्दार कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढिमा परि केही मानिसहरु बेपत्ता पनि भएको छ, उनीहरुको खोजी कार्य जारी छ ।
Categorized in राष्ट्रिय