१६ चैत्र २०८०, शुक्रबार
Header

अल्का अस्पतालमा चिनियाँ खोप (सिनोफार्म) लगाउन पाईने


प्रकाशित: मंगलवार, ७ बैशाख २०७८, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको अल्का अस्पतालमा चीनले अनुदानमा दिएको कोरोना खोप (सिनोफार्म ) लगाउन सकिने भएको छ । 


बुधबार र बिहीबार खोप लगाउन बाँकी रहेकाहरुले  सरकारले तोकेको उमेर समूहमा छुटेका नागरिकले अअस्पताल पुगेर खोप लगाउन सक्ने छ ।


ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार धेरै सेवाग्राहीले छुटेको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमै अल्का अस्पतालबाट दुई दिन खोप दिने निर्णय गरिएको हो । 


सिनोफार्म खोप सरकारले चीनमा अध्ययन गर्न जाने विद्यार्थी, चीनसँग व्यापार–व्यवसाय गर्ने व्यापारी, सवारी चालक–सहचालक लगायतलाई प्राथमिकतामा राखेर चिनियाँ खोप लगाउन थालेको थियो । 


त्यसपछि सरकारले ४० वर्षदेखि माथि ५९ वर्षसम्मका सबै नागरिकलाई चिनियाँ खोप लगाउन भनेको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD