काठमाडौं । प्रतिनिधि सभातर्फका अर्थ समितिको बैठक सहित विभिन्न ५ समितिको बैठक बस्ने भएको छ ।
प्रतिनिधि सभा तर्फका तीन र राष्ट्रिय सभातर्फका दुइवटा समितिको बैठक भएको हो ।
संघीय संसद सचिवालयका अनुसार अर्थ समितिको बैठक शुक्रवार दिउँसो १ बजे सिंहदरवार बस्नेछ ।
बैठकमा राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकm ११ बजे सिंहदरवारमै विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संसोधन प्रस्तावकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्राविधिक शिक्षालय सञ्चालनका लागि सम्बन्धन स्विकृती सम्बन्धमा परेका उजुरी निवेदनका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) सँग छलफल गर्ने कार्यसूची छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य रहेको सुशासन र यसको प्रवद्र्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्न सम्बन्धममा छलफल हुने कार्यसूची छ ।
त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग संकल्प प्रस्ताव सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
Categorized in राष्ट्रिय