१६ चैत्र २०८०, शुक्रबार
Header

अर्घाखाँची र हुम्लामा सवारी दुर्घट्ना, ११ जनाको मृत्यु


प्रकाशित: बुधवार, ११ मंसिर २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । अर्घाखाँचकिो सन्धिखर्कमा बुधवार यात्रुवाहक बस दुर्घट्ना हुँदा ८ जनाको मृत्यु भएको छ । 


५ नं. प्रदेश प्रहरीका अनुसार दुर्घट्नामा मृत्यु हुनेहरुमा ५ जना पुरुष र ३ जना महिला रहेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 


बुधबार दिउँसो करिब २ बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल आउँदै गर्दा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा उक्त बस दुर्घटनामा परेको हो । 


प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहीका अनुसार बस सडकबाट करिब ४ सय मिटर तल खसेको र अन्य ११ जना घाईते समेत भएको बताएको छ । 


१८ बढी यात्रु बोकेको उक्त बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।  


त्यसैगरी हुम्लाको सिमिकोटमा आज एक टिपर दुर्घट्ना हुँदा ३ जनाको मृत्यु भएको छ । 


जिल्ला प्रहरी कार्यालय हुम्लाका नायव प्रहरी उपरीक्षक (डीएसपी) रामप्रसाद घर्ती मगरका अनुसार अन्य १२ जना घाइते भएका छन ।


घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सिमिकोट लगिएको छ । मजदुर बोकेर नाम्खाबाट जिल्ला सदरमुका सिमिकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको टिपर दुर्घटना भएको हो ।


दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन बाँकी रहेको र घाईतेहरुको परिचय पनि खुल्न सकेको छैन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD