७ बैशाख २०८१, शुक्रबार
Header

अरुण सैंजुको टोलीको साहसिक कदमको चर्चा


प्रकाशित: आईतवार, ४ जेठ २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौँ । कोभिड– १९ (कोरोना भाईरस)को महामारीको नेपालमा पहिलो मृत्युको घट्ना शनिवार पुष्टि भएपछि अरुण सैंजुको टोली यतिखेर चर्चामा छ । 


धुलिखेल अस्पतालमा कोरोनाको कारणले सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएपछि मृतक शव व्यवस्थापनमा खटिएका अरुण सैंजुको टोली यतिखेर सबैवाट वाहवाही पाएका छन । 


मृतक महिलाको शव उठाउन कुनै एम्बुलेन्स र शव वाहनले नमानेपछि काभ्रे प्रशासन तनावमा थियो तर प्रशासनको तनवालाई भक्तपुर सिद्धपाखरीका ३१ वर्षीय अरुण सैंजु र जेलाका ३० वर्षीय राजेश गैंजुले प्रशासनलाई सहयोग गरे । 


उनीहरुले कोरोनावाट मृतक महिलाको शव उठाउन साहस गरेपछि प्रशासनलाई सहज भयो र भक्तपुरमा महानगरीय प्रहरी परिसर र विरदल गणले निजी गाडीलाई वनाएको कोभिड एम्बुलेन्सले शवको उद्दार गरे । 


शवलाई स्वास्थ्य मन्त्रालयले बनाएको कार्यविधि अनुसार व्यवस्थापन गर्नु पर्ने भएकोले सोही अनुसारको काममा सैंजुको टोली खटे । 


उनीहरुलाई सेनाले कोरोनाबाट मृत्यु भएको शव कसरी व्यवस्थापन गर्ने भनेर तालिम पनि दिएको थियो । 


सैंजुको टोलीले शवलाई पशुपतिस्थित विद्युतीय शव दाहगृहमा पुराएपछि त्यहाँको कर्मचरीले शवको अन्तेष्टी गरेका थिए । 


सैंजुको नेतृत्वमा रहेका टोली भक्तपुर अस्पतालको छेउमा कोरोना महामारी सुरु भएपछि टेन्ट राखेर कोरोना सम्बन्धी जनचेतना जगाउने देखि लिएर कोरोना आशंका गरिएकाहरुको संकलन गरिएको स्वाब परिक्षणको लागि लग्ने, विरामीहरुको ज्वरो नाप्ने लगायतको काम गर्दै आएको छ । 


कोरोनावाट पहिलो मृत्यु महिलाको शवलाई व्यवस्थापन गर्ने आँट देखेर सैँजुको टोली समाजका उदाहरणीय स्वमसेवकका रुपमा परिचित बन्न सफल भएका छन । 


सैंजुको टोलीमा राजेश गैंजु, पुनम कर्माचार्य, न्हुज कुजु, विनोद कोजु रहेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD