काठमाडौं । अरुण तेश्रो जलविद्युत आयोजनाको विद्युत गृहमा विहिवार राती अज्ञात समुहले बम विस्फोटन गराएको प्रहरीले बताएको छ ।
संखुसवा जिल्लाको चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत गृह स्थलमा तीन वटा बम विस्फोट गराइएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।
प्रहरी टोली घट्नास्थल पुगेर अनुसन्धान गरिरहेकोले विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।
बम विस्फोटन बाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बम विस्फोटन गराउने समुहको खोजी भइरहेको प्रहरीले बताउको छ ।
स्थानीय वासीका अनुसार बम बिस्फोट गराउने समुह सुरक्षा निकायको घेरा नाघेर जानसक्ने र उनीहरुलाई नियन्त्रणमा लिन सक्ने दावी गरेका छ ।
घटनास्थल सदरमुकाम खाँदबारीबाट पाँच घण्टाको दूरीमा पर्दछ ।
Categorized in समाज