काठमाडौं । अरनिको समाजले ‘चीन भ्रमण अनुभव आदानप्रदान’ विषयमा शनिबार ललितपुरमा एक कार्यक्रम सम्पन्न गरेको छ ।
कुपण्डोलस्थित प्रतिभा समाज, साटोआकी भवनमा आयोजित सो कार्यक्रममा चीन भ्रमणमाका गएका प्रतिनिधिहरुले अनुभव आदान प्रदान सुनाएका थिए ।
चिनिया राजदूत यु होङ प्रमुख अथिति रहेको सो कार्यक्रममा चीन भ्रमणका अनुभव लिएर फर्केका नर्मदेश्वर प्रधान, बिजय रत्न असंबरे, भूषण प्रसाद श्रेष्ठ, नरेशवीर शाक्य, बंशीधर बज्राचार्य, केदार सितु र राजित बहादुर श्रेष्ठले आ–आफ्नो अनुभव सुनाएका थिए ।

समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले वक्ताहरुको अनुभवलाई चाईनिज भाषामा रुपमान्तर गरेर प्रमुख अतिथि राजदुत होङलाई सुनाएका थिए ।
चीनया कम्युनिष्ट पार्टीको निमन्त्रणमा मिडिया, पत्रकार र साहित्यकारहरुले चीन भ्रमण गरेका थिए ।

साभार ः नेवाः सुचना केन्द्र
Categorized in समाज