१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

अरनिको समाजद्धारा सञ्चालित निःशुल्क स्वास्थय शिविरबाट ७ सय जना लाभान्वित


प्रकाशित: शनिवार, २२ फागुन २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । अरनिको समाजले ललितपुर महानगरपालिका– १६ सँगको सहकार्यमा सञ्चालित निःशुल्क स्वास्थय शिविरबाट ७ सय जना लाभान्वित भएका छन । 


ललितपुरमा लगातार ६ सातासम्म सञ्चालित बृहत निशुल्क स्वास्थ्य शिविरमा करिब ७ सय जनाले स्वास्थ्य परीक्षण गराएका समाजले बताएका छन ।


ललितपुर महानगरपालिका– १६ ले अरनिको समाजसंग मिलेर माघ १७ देखि फागुण २२ गते शनिबारसम्म प्रत्येक साता वडाका विभिन्न स्थानमा सञ्चालित शिविरबाट सो संख्यामा मानिसहरु लाभान्वित भएका हुन । 


शनिबार ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी सञ्चालित शिविरमा ९० वर्ष नाघेका तीन जनासहित १ सय ६० जना लाभान्वित भएको वडाका सदस्य एवं ज्येष्ठ नागरिक समितिका संयोजक पञ्चबज्र बज्राचार्यले जानकारी दिनुभयो । मधुमेह, पिसाब, पेट तथा कलेजो, र जनरल रोगको हिजो जाँच गरिएको थियो ।


कोरोना संक्रमण तीब्र गतिले फैलिरहेको बेला नियमित स्वास्थ्य परीक्षण गराउन नसकेका स्थानीयहरु शिविरबाट बढीभन्दा बढी लाभ लिएको पाइएको अरनिको समाजका अध्यक्ष डा। सर्वोत्तम श्रेष्ठले जानकारी दिनुभयो । 


गत वर्ष चैत्र ११ देखि शुरु भएको लकडाउन, त्यसपछिको निषेधाज्ञा र कोरोनाको संक्रमण हुने डरले अस्पताल, स्वास्थ्य क्लिनिकमा गएर जँचाउने मानिसहरुको संख्यामा कमी आएको थियो । त्यसमा पनि विशेषतः बालबालिका र ज्येष्ठ नागरिकहरु घरबाटै निस्किएको थिएन । यस्तो अवस्थामा आफ्नै घर, आगँनमा लगातार शिविर सञ्चालन समयको माग र आवश्यकता सिद्ध भएको पनि वरिष्ठ नशारोग विशेषज्ञ समेत रहनुभएका समाजका अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।


शिविरबाट मानिसहरुले आफूलाई रोग बारे सामान्य जानकार, थप उपचारको चिकित्सकहरुबाट आवश्यक सल्लाह सुझाव पाएको पनि डा अमितमणी उपाध्यायले बताउनुभयो ।


स्वास्थ्य सेवामा सबैको सहज पहुँच र आर्थिक स्तर कमजोर भएका व्यक्तिहरुलाई लक्षित गरी वडाले स्वास्थ्य शिविर सञ्चालन गरेको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो। ‘ अरनिको समाजमा आबद्ध चिकित्सकहरुसंग एकदिन भेटघाट हुँदा अहिले शिविरको खाँचो रहेको कुरा उठेको थियो । त्यसपछि वडा समितिको बैठक बसेर शिविर सञ्चालन गर्ने निर्णय ग¥यौं ।’ स्वास्थ्य सेवालाई जनमुखी बनाउन महानगरपालिकाले पहल गर्नुपर्ने पनि वडाअध्यक्ष शाक्यको जोड रहेको छ ।


गत माघ १७ गते मंगलबजारमा भएको पहिलो शिविरमा नशा तथा हाडजोर्नीको परीक्षण गरिएको थियो । दोस्रो माघ २४ गते बुबहालमा मुटु रोग सम्बन्धी, तेस्रो फागुण १ गते बालिफल ९अशोक हलमा० बाल तथा छाला रोग सम्बन्धी र चौथो फागुण ८ गते नागबहालमा स्त्रीरोग सम्बन्धी शिविर भएको थियो । पाँचौ फागुण १५ गते दौबहालमा पेट तथा कलेजो सम्बन्धी शिविर सञ्चालन गरिएको थियो । शिविरमा आवश्यकता अनुसार अल्टासाउण्डबाट जाँच पनि गरिएको थियो ।


प्रत्येक शिविरमा आवश्यकता अनुसार निशुल्क औषधी वितरण गरिएको र ४५ वर्ष नाघेका ३० जना महिलाहरुको पायप्स्मेर परीक्षण गरिएको समाजका महासचिव डा। सुशील प्रजापतिले जानकारी दिनुभयो ।अभियानकै रुपमा ललितपुरको ‘कोर सिटी’ मा लगातार स्वास्थ्य शिविर सञ्चालन भएको यो नै पहिलो पटक रहेको वडा र सम्बद्ध चिकित्सकहरुले दाबी गरेको छ ।


शिविरको समापन समारोहमा त्यसको सफलताका लागि सहयोग गर्ने चिकित्सक, नर्स, औषधी व्यवसायी, वडाको स्वास्थ्य कार्यान्वयन समिति महापाल र धौैगलका स्वास्थ्य सेवक, व्यवस्थापन सहयोगी युवा स्वयंसेवक र सञ्चारकर्मीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियोे । सो अवसरमा वडाका वडा सदस्य एवं ललितपुर महानगरपालिकाका कार्यपालिका सदस्य सुप्रभा शाक्यले शिविरको सफलताको लागि विभिन्न पक्षहरुसंगै स्वास्थ्य स्वयं सेवक महिलाहरुको ज्ञान, अनुभव र सक्रियता पनि निकै महत्वपूर्ण भएको धारणा राख्नुभयो ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex