काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी अयोग्य लडाकुलाई दिन लागिएको रकम रोक्नु पर्ने बताएका छन ।
विहिवार थापाले आफ्नो पेसबुक पेजमा भनेका छन,‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ ।’
उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधिन रहेकोले सरकार रकम बाँड्न होइन पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित हुनु पर्ने बताए ।
सरकारले माओवादी शान्तिवार्तापछि अनमिनले अयोग्य लडाकु घोषित गरेका पूर्व माओवादीहरुलाई २ लाख रुपियाँ दिने घोषणा गरेका छन ।
सो विरुद्ध आज नेकपा एमाले निटक अनेरास्वीयूले काठमाडौमा विरोध प्रदर्शन समेत गरेका छन ।
Categorized in राष्ट्रिय