१० भाद्र २०८३, बुधबार
Header

अमेरिकी सहायक विदेशमन्त्री लूले देउवा र ओली भेटे


प्रकाशित: शुक्रवार, २९ असार २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन । 


शुक्रवार नेपाल आएका लूसँग भेटवार्ता भएपछि देउवाले नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको बताए । 


उनले ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ,’ भेटपछि देउवाले ट्वीट गरेका छन, ‘नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो, नेपालको विकास र शान्ति, लोकतन्त्रको प्रवद्र्धनमा अमेरिकी सरकार र लूको अटल सहयोगका लागि कृतज्ञ छु ।’


त्यसैगरी लूले एमाले पार्टी मुख्यालय, च्यासलमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गरेका छन ।


लूले नेपालको संसदले एमसीसी पास गरेकोमा धन्यवाद दिएका छन । साथै उनले एमसीसीलाई छिट्टै अगाडि बढाउने र त्यसक्रममा सिनियर अधिकारीहरु नेपाल आउने जानकारी गराएको एमाले प्रचार विभाग प्रमुख राजन भट्टराईले बताए । 


अमेरिकी विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसिया भ्रमणाका क्रममा नेपाल आइपुगेका हुन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex