२० बैशाख २०८१, बिहिबार
Header

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धम्की दिने युवक पक्राउ


प्रकाशित: शुक्रवार, २९ माघ २०७७, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धम्की दिने एक युवकलाई पक्राउ गरेको छ । 


नर्थ क्यारोलाइनाका २७ वर्षीय डेभिड के रिभेसलाई प्रहरीले अघिल्लो साता संघीय अभियोगमा पक्राउ गरेको हो । उनले राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा फोन गरेर राष्ट्रपति जो बाइडेनलाई मार्ने धम्की दिँदै आएका थिए । 


डेभिडले जनवरी अन्तिमदेखि फेब्रुअरी पहिलो सातासम्म ह्वाइटहाउसमा फोन गरेर म बाइडेनको घाँटी काट्छुु भन्दै धम्की दिने गरेको समाचार ऐजेन्सीले उल्लेख गरेको छ । 


अभियोजनकर्ताहरूका अनुसार उनले क्यापिटल प्रहरी र सेक्रेट सर्भिस एजेन्टलाई पनि धम्की दिने गरेका थिए ।  


अमेरिकी राष्ट्रपतिलाई धम्की दिनेलाई पाँच वर्ष जेल र २ लाख ५० हजार अमेरिकी डलरसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।


सेक्रेट सर्भिस एजेन्टसँग कुरा गरेको साँझ उनले फेरि ह्वाइटहाउसमा फोन गरेर राष्ट्रपति बाइडेनलाई मार्ने धम्की दोहोर्‍याएका थिए ।


डेभिडका वकिलले उनमा मानसिक समस्या रहेको बताएका छन । गत महिना पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य मानिसलाई ज्यान मार्ने धम्की दिने एक जनालाई ९ वर्ष जेल सजाय सुनाइएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD