१२ बैशाख २०८१, बुधबार
Header

अमेरिकी राजदूत बेरीद्धारा अङ्ग्रेजी भाषिक स्वयम्सेवकलाई सहज प्रवेशज्ञा दिन माग


प्रकाशित: बुधवार, २३ माघ २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले अङ्ग्रेजी भाषिक स्वयम्सेवकलाई सहज प्रवेशज्ञाको माग गरेको छ । 


अमेरिकी राजदूत बेरीले मंगलवार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटी सो माग गरेका हुन । 


राजदूत बेरीले नेपालका विद्यालयमा अङ्ग्रेजी भाषा प्रशिक्षणका लागि खटिएका स्वयम्सेवकलाई प्रवेशाज्ञाको प्रक्रिया सहज बनाई दिन आग्रह गरेको हो । 


राजदूत बेरीले सन १९६२ मा स्थापना भएको लिङ्कन स्कूलमा अङ्ग्रेजी भाषा पढ्न चाहने विद्यार्थीलाई सहज वातावरण मिलाई दिन पनि अनुरोध गरेका छन । 


सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासका लागि अमेरिकाले सधैँ सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । 


मन्त्री पोखरेलले शिक्षामा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै आएकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै सहयोगको निरन्तरताको अपेक्षा गरिएको बताए । 


नेपालका विद्यार्थीले फुलब्राइट छात्रवृत्तिमार्फत अमेरिकामा उच्च शिक्षाका अवसर, नेपालका विद्यालयमा अङ्गे्रजी भाषाको प्रवद्र्धनका लागि पिसक्रप्स भोलेन्टियर र भूकम्पपछिको विद्यालय पुनःनिर्माणमा प्राप्त अमेरिकी सहयोगको मन्त्री पोखरेलले प्रशंसा गरे । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD