१२ बैशाख २०८१, बुधबार
Header

अमेरिकी कम्युटर जोगाउन संकटकाल घोषणा


प्रकाशित: विहिवार, २ जेठ २०७६, ०८ः२० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकामा साईवर आक्रमण हुने संभावना भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेको छ । 


ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकटकाल घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ । संकटकालको आदेशसँगै अब अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवा उपयोग गर्न पाउने छैन । 


समाचारमा उल्लेख भए अनुसार विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा हुन ट्रम्पको भनाई छ । 


अमेरिकाले चिनियाँ टेलिकम कम्पनी हुवावेप्रति शंका गरेको विश्वलेषकहरुको भनाई छ ।  यस कम्पनीलाई अमेरिका लगायत धेरै देशहरुले निगरानीमा राखेको छ ।


टेलिकम उपकरण बनाउने विश्वको सबैभन्दा ठूलो कम्पनी हो हुवावे ।


यस विषयमा भने हुवावे कम्पनीले यो आरोप निराधार भएको जनाएको विविसीमा उल्लेख छ । 


अमेरिकाले आफनो देशको गोप्य सुचना तथा जानकारीहरु बचाउन यो कदम अघि सारेको तर्क पेश गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD