१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

अमेरिका–इरान शान्तिवार्ताका लागि इस्लामाबादमा वार्ता सुरु हुँदै 


प्रकाशित: शनिवार, २८ चैत २०८२, १६ः१० बजे
- महानगरखबर

काठमाडौं । अमेरिका र इरान  शान्तिवार्ता गर्ने सहमति भएपछि पश्चिम एसियामा जारी द्वन्द्व अस्थायी रूपमा थामिएको छ ।


पाकिस्तानको मध्यस्थतामा जुटेको सहमतिअनुसार आज दुवै देशका वार्ताकार पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक शान्तिवार्तामा जुट्दैछन ।


शान्तिवार्ताका लागि आजै अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको छ । अमेरिकी वार्ता टोलीको नेतृत्व उपराष्ट्रपति भान्सले गर्नेछन्। राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको कमान उनैलाई सुम्पिएर पठाएका हुन । 


भान्स सवार ‘एयर फोर्स टु’ विमान केही घण्टाअघि इस्लामाबादमा अवतरण भएको हो। 


उनलाई सघाउन ट्रम्पका विशेष दूत स्टीभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुसनर पनि साथमा रहेका छन । 


भान्सको टोलीलाई विमानस्थलमा पाकिस्तानी उपप्रधान एवं विदेशमन्त्रीइशहाक डार र पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीरले  स्वागत गरेका थिए ।


उता इरानका तर्फबाट वार्ताको नेतृत्व संसद्का अध्यक्षमोहम्मद बगर गालिबाफले गर्नेछन्। 


उनी पनि वार्तामा सहभागी हुन इस्लामाबाद पुगिसकेका छन्।


पश्चिम एसियामा बढ्दो तनावबीच सुरु हुन लागेको यो शान्तिवार्तालाई क्षेत्रीय स्थायित्वका लागि महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex