१६ चैत्र २०८०, शुक्रबार
Header

अमेरिकामा ३६ बर्षदेखि मृत्युदण्डको सजाय पर्खिरहेकालाई करेण्ट लगाएर मृत्युदण्ड


प्रकाशित: शुक्रवार, २१ मंसिर २०७५, १२ः११ बजे
- महानगरखबर

काठमाडौं । ३६ बर्षदेखि मृत्युदण्डको सजाय पर्खिरहेका एक अमेरिकी नागरिकलाई विहिवार मृत्युदण्ड दिएको छ । 


अमेरिकाको टेनेसी राज्यमा टेनेसीको नेसभिलस्थित कारागारमा ६१ वर्षीय डेभिड अर्ल मिलरलाई करेन्ट लगाएर मृत्युदण्ड दिइएको अधिकारीहरुले बताएका छन्। 


मिलरमाथि मानसिक रुपमा अशक्त एक महिलालाई कुटपिट र चक्कु प्रहार गरी हत्या गरेको अभियोग लागेको थियो । 


अमेरिकामा एक महिनाको अवधिभित्रै विद्युतीय करेन्ट लगाएर मृत्युदण्ड दिइएको यो दोस्रो घटना हो । सन २०१३ यता मृत्युदण्ड दिने प्रचलन रोकिएको थियो । 


मिलरले सन् १९८० मा २३ वर्षीया ली स्टानडाइफर नाम गरेकी शारीरिक रुपमा अशक्त महिलाको हत्या गरी एकजना पादरीको घरनजिक गाडिदिएका थिए । मिलरले मे २०, १९८१ मा हत्याको आरोप स्वीकार गरेका थिए । 


अदालतले मिलरमाथि सन १९८२ मा मृत्युदण्डको फैसला गरेको थियो, तर सन १९८७ मा मुद्दाको पुनः सुनुवाई शुरु भएको थियो । त्यसपछि मिलरका तर्फबाट मृत्युदण्डको फैसलामाथि पुनर्विचार गर्न पटकपटक आग्रह गरिए पनि सबै अपिल खारेज गरिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD