८ बैशाख २०८१, शनिबार
Header

अमेरिकामा फेरि बन्दुक आतंक, ५ जनाको ज्यान गयो


प्रकाशित: आईतबार, १५ भाद्र २०७६, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकाको टेक्सासमा एक बन्दुकधारीको आक्रमणबाट ५ जनाको ज्यान गएको छ ।


टेक्सासका पश्चिमी शहरहरू ओडिसा र मिडल्यान्डमा शनिबार दिउँसो बन्दुक आक्रमण हुँदा २२ जना घाईत भएको अधिकारीहरुले जनाएको छ । 


घाईतेहरु मध्ये ओडेसाको अस्पतालमा उपचाररत घाइतेमध्ये ७ को अवस्था गम्भीर रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएको छ । 


सो बन्दुक आक्रमण २ बर्ष मुनिका बच्चालाई समेत गोली लागेको छ । 


गाडीमा सवार बन्दुकधारी बन्दुधकधारीले सो क्षेत्रमा अन्धाधुन्द गोली चलाएको टेक्सासका प्रहरी प्रवक्ताले जनाएको छ । 


बन्दुकधारीले गाडी रोक्ने ट्राफिक माथिनै पहिलो गोली चलाएपछि ती बन्दुकधारी हुलाक सेवाका ट्रक नियन्त्रणमा लिएर मिडल्यान्ड नगरतर्फ हुइँकिएका थिए ।


प्रहरीले एक संदिग्ध गोरा पुरुषलाई गोली हानेर मारेको छ । उनलाई प्रहरीले एउटा सिनेमाघर नजिकै गोली हानेर मारिदिएको हो । घटनामा अन्य व्यक्तिको संलग्नता रहेरनरहेको बारे अनुसन्धान भइरहेको बताइएको छ ।


एक महिन अघि मात्र एल पासोमा भएको बन्दुक आतंककारी घट्नामा २२ जनाको ज्यान गएको थियो भने २४ जना घाइते भएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD