३० श्रावण २०८३, शनिबार
Header

अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु


प्रकाशित: मंगलवार, ३१ असार २०८२, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकाको लुइजियाना राज्यमा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।


लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको असार २९ गते राति करिब ९ बजे कार दुर्घटनामा मृत्यु भएको हो ।


उनीहरू नेपाली नागरिक रहेको बताइएको छ तर नेपालको स्थायी ठेगाना भने खुलेको छैन ।


लुइजियाना राज्य प्रहरीले जनाएअनुसार, यादवले चलाएको कार भारी वर्षाका कारण चिप्लिएर रूखमा ठोक्किएपछि आगलागी भएको थियो ।

 
सो कारमा ओलीसहित अन्य दुई जना पनि सवार थिए । यादव र ओलीको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका छन र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


विश्वविद्यालयको शोक


लुइजियाना टेक विश्वविद्यालयले एक शोक विज्ञप्ति जारी गर्दै मृतक विद्यार्थीहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ। विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “हामीले हेरचाहलाई मूल्यवान आदर्शको रूपमा अँगालेका छौं। सधैं एकअर्काको हेरचाह गरिरहनुहोस्।”


विद्यार्थीहरूका लागि परामर्श सेवा पनि उपलब्ध गराइएको विश्वविद्यालयले जनाएको छ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex