११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अमेरिकामा आज राष्ट्रपति निर्वाचन


प्रकाशित: मंगलवार, २० कात्तिक २०८१, १४ः२५ बजे
- महानगरखवर

काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात  मंगलबार हुन हुँदैछ ।

 
यस निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविच प्रतिस्पर्धा रहेको छ । 


मतदाताहरूको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।


यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन । 


अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ्ग (मतदाताले अन्तिम समयमा निर्णय गर्ने) राज्यका रूपमा परिभाषित गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex