१६ चैत्र २०८०, शुक्रबार
Header

अमेरिकाबाट ‘ब्याटल अफ सिंगर्स’ शुरु हुने


प्रकाशित: विहिवार, २५ मंसिर २०७७, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकामा रहँदै आएका नेपालीहरुको प्रयासमा सञ्चालित विश्वव्यापी डिजिटल मञ्च ‘नौलो डिजिटल’ले एउटा विश्वव्यापी सांगितिक प्रतिस्पधौ आयोजना गर्ने भएको छ । 


‘ब्याटल अफ सिंगर्स’ नाम दिइएको सो प्रतिस्पर्धामा विश्वको जुनसुकै कुनामा रहेका प्रतिभाहरुले भाग लिन पाउने जनाइएको छ । कुनै वर्ग विशेष, उमेर आदिको बन्देज नगरिएको सो ‘ब्याटल अफ सिंगर्स’ मा भाग लिनको लागि प्रतियोगीले कुनै पनि गीत गाएर त्यसको  भिडियो बनाएर पठाउनु पर्नेछ । 


प्रतियोगितामा भाग लिने चाहनहरुले एउटाभन्दा बढी जतिसुकै संख्यामा गीतको भिडियो बनाएर पठाउन सकिनेछ भने त्यसरी प्राप्त गीतलाई आयोजकको युट्युब लगायत आयोजककै  अन्य सामाजिक सञ्जाल लगायतका डिजिटल माध्यमहरुबाट प्रसारण गरिनेछ । 
त्यसरी प्रसारण गरिएका गीतहरु मध्येबाट सबैभन्दा बढी दर्शक पाउने गीतका सर्जकलाई एक हजार डलर नगद प्रदान गरीनुका साथै एउटा म्युजिक भिडियो पनि आयोजकले बनाई दिने व्यवस्था गरिएको छ । 


त्यसैगरी सबैभन्दा बढी एक अर्कामा वितरण कजबचभ गरिएको गीतका सर्जकलाई पाँच सय डलर नगदका साथै एउटा म्युजिक भिडियो बनाई दिने व्यवस्था छ । यो प्रतियोगितामा भाग लिन चाहनेहरुले आयोजकको वेबसाइट naulodigital.com मार्फत आवेदन गर्न सक्ने कुरा आयोजकको तर्फबाट सुनिल माथेमा प्रधानले बताउनु भएको छ ।

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD