काठमाडौं । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ ।
मंगलबार अपराह्न साढे ५ बजेतिर उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन ।
फर्काइएकामध्ये एक जना महिला रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले जानकारी दिए ।
डिपोर्ट भएसँगै प्रहरीले उनीहरूमाथि अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा अधिकांशले अवैध तल्लो बाटो प्रयोग गरेर अमेरिका पुगेको खुलेको छ । एक जना भने अध्ययन भिसामा गएको पाइएको छ ।
एसएसपी पंगेनीका अनुसार बाँकी व्यक्तिहरूले अमेरिका पुग्नका लागि दलाललाई करोडभन्दा बढी रकम तिरेका छन । कतिपयले एक करोड ४० लाख रुपैयाँसम्म खर्च भएको दाबी गरेका छन ।
Categorized in राष्ट्रिय