१२ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

अमेरिकाबाट डिपोर्ट भएका ३७ जना मध्ये एक डिभी परेका


प्रकाशित: सोमवार, २६ जेठ २०८२, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आएका मध्ये एक जना डाइभर्सिटी भिसा (डिभी) परेर गएका व्यक्ति परेका परेका छन । 


हिजो अमेरिकाबाट डिपोर्ट भएर ल्याएका ३७ जनामध्ये एक जना (डिभी ) परेका व्यक्ति भएको खुलेको छ । 


अध्यागमन विभाग स्रोतका अनुसार, १० वर्षअघि डिभी परेर गएका ती व्यक्ति अमेरिकाको टेक्सास राज्यमा बस्दै उनी एक जना आफन्तसँग बसिरहेका त्यहाँ पारिवारिक विवादमा परेका थिए । त्यसक्रममा उनलाई प्रहरीले पक्राउ गरेर लगेको थियो ।


केही समयको अनुसन्धान अनि कानुनी प्रक्रियापछि उनलाई अमेरिकी प्रशासनले डिपोर्ट गर्ने निर्णय गरेको थियो । त्यसपछि काठमाडौं स्थायी घर भएका उनलाई चार्टर्ड विमानमा काठमाडौं पठाइएको थियो ।


काठमाडौं आएपछि उनीसँग मानवबेचबिखन अनुसन्धान ब्यूरोका अधिकारीहरुले समेत संक्षिप्त सोधपुछको क्रममा डिभी परेर गएको बताएका थिए । 


अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, अमेरिकाबाट डिपोर्ट भएर आइतबार ३७ जना मध्ये ५ जना महिला थिए । उनीहरुलाई एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेश्नलको विमानमा फिर्ता पठाइएको थियो । उनीहरुलाई ढाका हुँदै काठमाडौं ल्याइएको थियो ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति लिँदै आएका छन् । उनीसन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex