११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अमेरिकाको ४७ औं राष्ट्रपति पदमा ट्रम्प निर्वाचित


प्रकाशित: बुधवार, २१ कात्तिक २०८१, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन । 


सन २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन ट्रम्पले २७० इलेक्ट्रोल कलेज पार गर्दै राष्ट्रपति निर्वाचन जितेका हुन । अमेरिकी समाचार संस्था सिएनएनका अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २७६ इलेक्ट्रोल कलेज जितेका हुन ।


अमेरिकामा राष्ट्रपतिको निर्वाचन जित्न २७० इलेक्ट्रोल कलेज आवश्यक पर्दछ । डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २१९ इलेक्ट्रोल कलेज जितेकी छन । 


पपुलर मतमा ट्रम्पले ७ करोड ८ लाख ७७ हजार ४८४ मत प्राप्त गरेका छन भने ह्यारिसले ६ करोड ५८ लाख १२ हजार ७५९ मत प्राप्त गरेका छन्।  


सन २०१६ मा हिलारी क्लिन्टनलाई हराएर पहिलो कार्यकालका लागि ४५ औं राष्ट्रपति बनेका थिए । सन २०२०मा डेमोक्र्याटिक पार्टीका जो बाइडेनले ट्रम्पलाई पराजित गरेका थिए ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex