१६ चैत्र २०८०, शुक्रबार
Header

अमेरिकाको सपिङ कम्पलेक्समा अन्धाधुन्द गोली प्रहारबाट २० जनाको मृत्यु


प्रकाशित: आईतबार, १९ साउन २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकको टेक्सास राज्यस्थित अल पासो भन्ने ठाउँमा रहेको एक कम्पलेक्समा बन्दुकघारीले गोली चलाउँदा २० जनाको मृत्यु भएको छ । 


अधिकारीहरुका अनुसार सो घट्नामा संलग्न भएको भन्दै एक २१ बर्षिय युवा प्याट्रिक क्रुसियस प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा २६ व्यक्ति घाइते भएको त्यहाँका गभर्नर ग्रेग एबटले जनाएका छन । 


बन्दुकधारीले एके–४७ राइफलबाट वालसस्ट्रिटको सपिङ कम्प्लेक्स प्रवेश गरेर अन्धाधुन्द गोली प्रहार गरेर प्रहरीसमक्ष आक्रमणकरी क्रुसियसले आत्मसमर्पण गरेका थिए । 


स्थानिय समय अनुसार ११ बज्न केहि मिनेट अगाडि भएको प्रहरीले अधिकारीले बताएका छन । स्थानियमाझ चर्चित क्षेत्र हो र त्यहाँ सपिङ सेन्टरसँगै रेष्टुरेन्टहरू समेत रहेकाले सप्ताहन्तमा मानिसहरूको भीडभाड हुने गर्दछ ।


आक्रमणकारी क्रुसियसले शुक्रबार नै सामाजिक संजालमा यस्तो घटना घटाउने चेतावनी दिएको भेट्टाएको छ । अमेरिकाको संघिय जाँच ब्यूरो (एफबिआई) ले घटनाको जाँच गरिरहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD