१२ बैशाख २०८१, बुधबार
Header

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प


प्रकाशित: शुक्रवार, २० असार २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकको दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण केही क्षति पुगेको समाचारहरु बाहिर आएको छ । 


६.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएपछि अहिले मानिसहरु सडक बाहिर निस्केका अधिकारीहरुले बताएका छन ।

 
उक्त भूकम्पको केन्द्रविन्दु अमेरिकी सहर लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै रहेको छ ।


सो क्षेत्रमा भूकम्पले उल्लेखिय क्षति पुगाएको छ । कतिपय स्थानमा आगलागीको घट्नाहरु पनि भईरहेको कारण स्थिती असमान्य देखिएको अधिकारीहरुको भनाई छ । 


अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दसकयताकै शक्तिशाली मानिएको छ । 


उक्त नगर क्षेत्रको अग्नि नियन्त्रक विभागका अनुसार त्यहाँ दुई दर्जन आगलागीका घटना तथा त्यसबाट घाइते भएकाहरूको उपचारमा अग्निनियन्त्रक खटिएका छन ।


क्यालिफोर्नियाको गभर्नरको आपतकालीन कार्यालयका प्रवक्ता ब्र्याड एलेक्जाण्डरका अनुसार फेरि भूकम्प आउने सक्ने खतरा भएकोले सबैलाई सजग रहन आग्रह गरेका छन । 


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दे स्थिति नियन्त्रणमा रहेको बताएका छन । 


करिब २८ हजार जनसङ्ख्या भएको रिजक्रेस्ट नगरका एकजनाले त्यहाँको एउटा किनमेल केन्द्रमा भूकम्पका कारण सबै सामान भूइँमा झरेको फोटो ट्वीट गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD