१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु


प्रकाशित: आईतवार, २० चैत्र २०७८, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको साक्रामेन्तो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । 


समाचार संस्था एपीका अनुसार स्थानीय समयअनुसार आइतबार बिहानै सहरको डाउनटाउनमा एक बन्धुकधारीले चलाएको गोलीबाट उनीहरुको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन । 


गोली चलेको स्थानमा ठुलो संख्यामा प्रहरी परिचालन भएको छ । गोली कसले चलाएको हो र मारिनेहरू को–को हुन भन्ने खुलिसकेको छैन ।


प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex