१३ बैशाख २०८१, बिहिबार
Header

अमेरिकमा दुई नेपाली महिलाको दुर्घट्नामा मृत्यु


प्रकाशित: सोमवार, २७ असोज २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकाको ओहायोमा गत शनिवार तीन वटा गाडी एक आपसमा ठोक्किँदा २ जना नेपाली मूलका महिलाको मृत्यु भएको छ । 


मृत्यु हुनेमा नेपाली मूलका २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्मा रहेका छन । उनीहरुसँग रहेकी २२ बर्षिया सृजना विश्वकर्मा भने गम्भिर घाईते भएकी छिन । 


शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीन गाडी एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका थिए । 


स्थानीय प्रहरीले फेसबुक मार्फत जारी विज्ञप्ति अनुसार घानाका कोबी स्टिलवेलले चलाएको ‌अडी ए ६ कार इस्टबाउन्ड रोडबाट आउँदै गरेको थियो ।  


उक्त गाडीमा सवार जाशन स्कट र खलिब वाटसन सवार रहेका थिए ।


कोबी स्टिलवेल र खलिब वाटसन सामान्य घाइते भइ ग्रान्ट मेडिकल सेन्टरमा उपचार गरिएको थियो भने जाशन स्कट भने गम्भीर घाइते भइ माउन्ट कार्मेल इस्ट अस्पतालमा भर्ना गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD