२० बैशाख २०८१, बिहिबार
Header

अमूर्त चित्रकलाका धनी नरेन्द्र भट्टराई !


प्रकाशित: मंगलवार, १ फागुन २०८०, ११ः१० बजे
- रचना शाही खड्गी

काठमाडौं । विगत २८ बर्षदेखि चित्रकलामा अभ्यस्त चित्रकार नरेन्द्र भट्टराई अमूर्त चित्र कोर्नमा विशेष दख्खल राख्छन । 


अमूर्त चित्रकलाको आफ्नै भाव, सन्देश, हेराई र अनुुभव हुने भएकोले यो खास हुने भट्टराईको भनाई रहेको छ । 


गत पुस २३ गते अरनिको दिवसको अवसरमा कर्मशियल आर्टिस्ट एशोसिएशनले गरेको प्रदर्शनीमा विशेष सम्मान स्वरुप चित्रकार भट्टराइलाई १० हजार नगदसहित अमात्य कला पुरस्कारबाट सम्मान गरेको छ ।


चित्रकार भट्टराईले चित्रकारिताको प्रभावकारिता, महत्व र वास्तविकताबारे थुप्रै कुरा सुनाएका छन । 


मूर्त, अमूर्त कला के हो, यसलाई कसरी बुुझ्ने, नेपालमा चित्रकारहरुको अवस्था, सरकारको दायित्व लगायतका विषयमा पनि उनले बोलेका छन । 

 


भट्टराईले मोफसलका चर्चित चित्रकार बेखाराम बलामी श्रेष्ठ (विआर श्रेष्ठ)को संगत पाएपछि चित्रकलामा टिक्न र यसको व्यवसायिकताबारे बुुझ्न पाएको सुनाए । 


विआर श्रेष्ठ निर्वाणा आर्ट ग्यालरीको कल्पनाकार हुन । चित्रकार भट्टराईले श्रेष्ठको सहयोग पाएपछि आफुले यस क्षेत्रमा थप हौसला पाएको पनि बताए ।


भट्टराईले अहिले सम्म आफूले कोरेका चित्रहरु १ लाख रुपियाँ मूल्यसम्म विक्री गर्न सफल भएको सुनाउँदै भने,‘ चित्रको ठयाक्कै मूल्य निर्धारण गर्न कठिन हुने तर चित्र बुुझ्ने ग्राहकले भने चित्रको मूल्यांकन गरेर रकम दिने गरेको छ ।’

 


उनले अमूर्त चित्रबारे प्रष्टयाउँदै भने,‘ हामीले देख्ने बादलको सेप हुन्छ, हामीले एक्जयाक्टीली अमूर्त गर्दा खेरी त्यही सेप हामी उतारदैनौ, त्यसको फिलिंग्सहरु, त्यसले ल्याको इम्प्याक्टहरु, तेले ल्याएको खुसीलाई उतार्ने हो, त्यो उतार्दा खेरी हामी के गर्छौ भने विभिन्न कलरहरुमा ल्याछौं ।’


‘खुसीलाई यदि मैले कलाको मार्फत कलरमा खेले भने, एक्सप्रेस गरे भने त्यो चाँही अमूर्त कला भयो, मः म चाहि एउटा सिन भयो भने सुुगन्ध भन्ने चिज हो, हो त्यी नै अमूर्त भयो ।’ अझ प्रष्ट पार्दै उनले भने । 


उनले नेपालमा व्यवसायिक चित्रकारहरुको पनि उल्लेखिय उपस्थिती देखिन थालेको र नेपाली ग्राहकले पनि चित्रहरु किन्ने गरेकोले विदेशी पर्यटकलाई पर्खनु पर्ने अवस्था नभएको सुनाए ।

 

 
सरकारी स्वामित्वमा रहेका नेपाल एकेडेमी अफ फाइन आर्ट (नाफा) र बबरमहलमा रहेको आर्ट काउन्सिलले वास्तविक चित्रकारहरुलाई चिन्न नसेको र उनीहरुको दुःख नबुुझेको चित्रकार भट्टराईको गुनासो छ । 


‘कतिपय कार्यक्रमहरु, सुविधा लगायतका सेवाहरुबारे वास्तविक कलाकारहरुलाई थाहा नहुने, सकिएपछि मिडियामा आएपछि मात्र थाहा हुने गरेको छ, भन्नु पर्दा राज्य संचालकहरुको अनुकुल अनुसारनै ती संस्थाहरु चलेका छन ।’ उनले भने । 


चित्रकारिता पटक्कै नगर्ने तर मिडियाबाजी गर्ने, प्रचारमा आउने, हो–हल्ला गर्नेहरुको सरकारी संस्थानामा हाली मुहाली रहेको उनको अनुुभव छ । 


सरकारले कम्तीमा चित्रकारहरुलाई परेको अवस्थामा उनीहरुको दुःख, पीडालाई सम्बोधन गर्न सकेको खण्डमा मात्र चित्रकारहरु सुरक्षित ढंगबाट आफ्नो कला देखाउन सक्ने उनको भनाई रहेको छ । 


नेपालका चित्रकारहरुमा किरण मानन्धर, रागिनी लगायत आफूलाई मन पर्ने भट्टराईले बताए ।

 
भट्टराईले आफू यो क्षेत्रमा रुचि भएर १८ बर्षको उमेरदेखिनै लागेको र अहिले डेली पेन्टरको रुपमा आफूलाई परिचित गराउन सफल भएको बताए । 


उनले कोरेका चित्रहरु राष्ट्रपति निवास सितल निवासमा, प्रधानमन्त्री कार्यालय सिंहदरवार, नेपाल टुरिज्म बोर्ड र सन् १९९५ देखिको चित्रहरु ठमेलस्थित निर्वाणा  आर्ट ग्यालरीमा कलेक्सनको रुपमा रहेको सुनाए । 


सन् १९९३ मा जापनिज आर्टिस फुकुमोटोद्धारा आयोजित हयुम्यान यापिनेस, सन १९९५ मा ललितपुर आर्ट फेस्टिवल, १९९६ देखि २०१५ सम्म नाफा द्धारा सञ्चालित प्रदर्शनी, २००४ मा विरंगजमा रोटरी क्लव अफ विरगंज र निर्वाणा आर्ट ग्यालरीद्धारा आयोजित ग्राण्ड आर्ट एक्जिभिसन सहभागी भएको थिए ।


त्यसैगरी, सन २००७ मा चम्पापुर चेम्बर अफ कर्मस एण्ड क्यानद्धारा आयोजित चम्पापुर आर्ट फेस्टिवल, सन २००८ बागमति आर्ट, २००९ मा विरंगजमा रोटरी एण्ड रोटरयाक्ट अफ विरगंज र निर्वाणा आर्ट ग्यालरीद्धारा आयोजित ग्राण्ड आर्ट एक्जिभिसनमा सहभागी भएको थिए ।


सन् २०१७ मा डा. लि द्धारा  साउथ कोरियामा आयोजित हिमालय आर्ट एक्जिभिसनमा सहभागी भई नेपालको प्रतिनिधित्व गरेको र सन् ११९५ देखि २०२३ सम्म निर्वाणा आर्ट ग्यालरीमा नियमित रुपमा चित्र संकलन, प्रदर्शन तथा विक्री गरिरहेको उनले जानकारी दिए ।  


चित्रकार भट्टराईले सबै प्रकारको चित्रकारिता गर्ने गरेको उल्लेख गरेका छन । उनले पानी, मसी, तेल लगायतबाट चित्रहरु प्रस्तुुत गर्न सक्ने बताए । 


हाल भक्तपुरको लोकन्थलीमा बस्दै आएका भट्टराई वि.स. २०३२ सालमा बुवा हिक्मत भट्टराई र आमा मिना भट्टराईको कोखबाट रुपेन्देही जिल्लाको सूर्यपुरा भन्ने स्थानमा जन्मेका हुन ।


उनले वाणिज्य शास्त्रमा मास्टर्स गरेका छन भने पाटनको मिला अटेलरबाट आर्ट गरेका छन । उनी फ्रिल्यान्सर आर्टिस्ट हुन । 

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD