काठमाडौं । बालाजु वाईपासबाट पक्राउ परेका अभियान्ता सुमन सायमी सहित सबै रिहा भएका छन ।
सर्वोच्च अदालतले सडक विस्तार पीडित तथा अभियन्ताहरूलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
उनीहरु सबैलाई विना सर्त रिहा गरेको अभियान्ता रविन्द्र कुमार श्रेष्ठले महानगखरलाई जानकारी दिए । न्यायाधीश प्रकाशमान सिंह राउत र दीपककुमार कार्कीको इजलासले उनीहरूलाई छाड्न आदेश दिएको हो ।
फागुन १२ गते बालाजु सुचना केन्द्रमा लगाएको बारहरु भत्काएको भन्दै प्रहरीले मीनबहादुर शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ र रूचित श्रेष्ठलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई पक्राउ गरे लगत्तै बुझ्न भनि काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि र विरोचन श्रेष्ठ प्रहरी कार्यालयमा पुगेका थिए र त्यहाँ पक्राउ परेकाहरुसँग नेपाल भाषामा कुरा गरेपछि भएको भएको विवादमा उनीहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारको मुद्दा लगाएका थिए ।
अभियान्ताहरु पक्राउको विरोधमा काठमाडौंमा स्थानीय, नागरिक समाजहरुले उनीहरुको रिहाईको लागि प्रदर्शन गर्दै आएका थिए ।
रिहा भएलगत्तै मंगलबार साँझ पाँच बजे इन्द्रचोकमा हुने मैनबत्ती र्यालीमा उनीहरू सहभागी हुने अभियन्ता रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
Categorized in समाज