१ भाद्र २०८३, सोमबार
Header

अभियान्ता मनिष र बब्लु माथि भएको कुटपिटबारे छानविन समिति


प्रकाशित: शनिवार, ३ असोज २०७७, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । अभियान्ता मनिष श्रेष्ठ र हन्ड्रेड ग्रुपका बब्लु गुप्तामाथि प्रहरीले गरेको कुटपिटवारे छानविन गर्न समिति वनाएको छ । 


रानीपोखरीका एसएसपी किरण बज्राचार्यको नेतृत्वमा समिति वनेको हो । समितिमा डीएसपी भवेश रिमाल र इन्स्पेक्टर विष्णुप्रदीप बस्याल छन । समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।


नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रर्दशनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि प्रहरीले निर्मम कुटपिट गरेका थिए । 


अभियान्ता मनिषको प्रहरीको कुटाईवाट टाउको फुटेको थियो । हाल उनी उपचारपछि घरमा आराम गरिरहेका छन । 


मनिषलाई शुक्रबार विजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीको कुटपिटबाट श्रेष्ठको टाउमा चोट लागेको थियो । गुप्तालाई विहिवार प्रहरीले प्रदर्शनका क्रममा नियन्त्रणमा लिइसकेपछि पनि कुटेको थियो । 


दुबै घटनामा प्रहरीले सार्वसाधारणमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै चर्को आलोचना भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex