५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

अभियान्ता ईः सँग बार्ता गर्न बालेनलाई गगन थापाको आग्रह


प्रकाशित: आइतवार, ७ असोज २०८०, १८ः३९ बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा अघि फुटपाथ व्यवसायी माग लिएर प्रदर्शनमा रहेका अभियान्ता ईः लगायतकाहरुसँग वार्ता गर्न काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (वालेन)लाई आग्रह गरेका छन ।


फुटपाथ व्यवसायीको मागलाई सम्बोधन गर्न माग राखी ६ दिनदेखि उभिएर प्रदर्शनमा बसेका अभियान्ताहरुको शान्तिपूर्ण आन्दोलनरतहरुको आवाज सुन्नु पर्ने महामन्त्री थापाले बताए । 


‘राष्ट्रिय सभागृह बाहिर आज छैटौँ दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ईः लगायतका साथीहरूका बारेमा काठमाडौँ महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको छु’ उनले भने,‘ लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ,  शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ ।’


फुटपाथ व्यवसायी (स्ट्रिट भेण्डर) को विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू रहेको थापाको भनाई छ । 


थापाले भने‘सँगै बसेर कुरा गरेपछि, एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै । त्यस कारण मेरो आग्रह छ(निर्वाचित सरकारसंग जबाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगर बीच शीघ्र संवादको वातावरण बनोस ।’


यसैविच आज अभियन्ता ईः को आन्दोलनमा फुटपाथ व्यवसायीहरूले ऐक्यबद्धता जनाएका छन । 


उनीहरूले ‘शहर सबैका लागि कि धनीका लागि मात्रै,  गरी खान देऊ’, लगायत विभिन्न नारा लेखिएको प्लेकार्डहरु बोकी प्रदर्शनमा उत्रेका थिए । 


महानगरले सडक पेटीको फुटपाथ व्यवसायीहरुलाई हटाएदैखिनै ‘गरिबीको चमेली बोलिदिने कोही छैन’ आन्दोलन चलिरहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex