६ बैशाख २०८१, बिहिबार
Header

अभियान्ताहरु पक्राउको विरोधमा माईतीघर मण्डलामा भोली प्रदर्शन


प्रकाशित: विहिवार, १३ फागुन २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । अभियान्ताहरु पक्राउ परेको विरोधमा शुक्रवार माईतीघर मण्डलमा विरोध प्रदर्शन गरिने भएको छ । 


बृहत नगारिक आन्दोलन, नेवाः देयः दबू, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितले विहिवार एक संयुक्त विज्ञप्ती जारी गर्दै विरोधमा सहभागी हुन आव्हान समेत गरेको छ । 


विहान १० बजे हुने सो बृहत विरोध प्रदर्शनमा अभियान्ताहरुलाई विनाशर्त अबिलम्ब रिहाई गर्नु पर्ने मागसहित प्रतिरोध कार्यक्रममा सहभागी हुन सम्पूर्ण नागरिकमा धन्यावाद ज्ञापन समेत गरिएको छ । 


अभियान्ताहरु पक्राउ परेको विरोधमा बृहत नगारिक आन्दोलन, देयः देय दबू, उपत्यका सडक विस्तार पीडित संघर्ष समितले संयुक्त विज्ञप्ती जारी गरेको छ । 


वालाजु बाईपासबाट सडक विस्तार पीडित संघर्स समितिका अध्यक्ष सुमन सायमी सहित पक्राउ परेकाहरुलाई झुठा मुद्दा लगाई गैरन्यायिक रुपमा थुनामा राखी अनुसन्धान अघि बढाएकोमो विरोध जनाएको हो । 


सर्वोच्च अदालतले स्टेअर्डर दिएको वालाजु वाईपास सडक क्षेत्रमा उपभोक्ता समितिले सुचना केन्द्र निर्माण कार्य अघि बढाएपछि भएको विरोधमा बुधवार सायमी सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


गैरन्यायिक सडक विस्तार र जनताको उठिबासको काम रोक्का गर्न सर्वोच्च अदालतबाट जारी स्टेअर्डरको बेवास्ता गर्दै उल्टै पीडित तथा अभियन्ताहरूलाई दमन गरेको भन्दै  विरोध गरेको हो । 


विज्ञप्तीमा भनिएको छ,‘ विकासको नाममा भएको गैरन्यायिक सडक विस्तार, संविधानले मौलिक हकको रुपमा प्रत्याभूत गरेको नीजि सम्पती सम्बन्धी हक अधिकारको हनन, पीडितहरुमाथिको निरन्तर दमन र अभियान्ताहरुको गिरफ्तारी आफैमा प्रतिगमन हो ।’


त्यसमाथि प्रहरी वृत्तभित्र पीडितहरू र अभियन्ताहरूलाई आफ्नो मातृभाषा नेपालभाषामा कुराकानी गरेकै आधारमा कुटपिट गर्नु, गालीगलौज गर्नु र मुद्दा चलाउन निहुँ बनाउनु गैरसंवैधानिक र गैरलोकतान्त्रिक काम भएको विज्ञप्तीमा जनाएको छ । 


अभियान्ताहरुलाई तुरुन्त रिहा गर्न सरकारसँग जारी संयुक्त विज्ञप्तीमा भनिएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD