२८ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अभिनेता रबिन्द्र शाहीको म्युजिक भिडियो ‘कति बस्छौ माइतीघर’ 


प्रकाशित: आइतवार, २८ असार २०८३, १३ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपालभाषाका दर्जनौं चलचित्रका निर्देशक तथा  कलाकार रबिन्द्र शाहीले म्युजिक भिडियो निर्देशन गरेका छन । 


उनले पहिलोपटक ‘कति बस्छौ माइतीघर’ बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन । पारिवारिक भावना, सामाजिक यथार्थ र मौलिक संस्कृतिलाई समेटिएको उक्त गीतका रचनाकार इन्द्र खड्गी हुन । गीतमा किशोर कुमार शाहीको स्वर र संगीत रहेको छ भने देवकुमारी खड्गीको स्वर रहेको छ ।


गीतको एरेन्ज सुमन कपालीले गरेका हुन । 


म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठले  अभिनय गरेका छन भने छायांकन तथा सम्पादन ओम प्रकाश अवस्थीको रहेको छ । कोरियोग्राफी राजन शाहीको रहेको छ ।
नेपालभाषा तथा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि अभिनेता, निर्देशक तथा सर्जकका रूपमा सक्रिय रहेका शाहीले म्युजिक भिडियो निर्देशनमार्फत पनि आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गरेका छन । 


निर्देशक शाहीले म्युजिक भिडियो निर्देशनमा पनि दर्शकको विश्वास जित्ने लक्ष्य रहेको छ । 


अभिनयबाट दर्शकमाझ स्थापित भएका रबिन्द्र शाहीको म्युजिक भिडियो निर्देशन यात्रालाई चलचित्रकर्मी तथा दर्शकले सकारात्मक रूपमा लिएका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex