काठमाडौं । सामाजिक सुरक्षा भत्ताको लागि तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने सरकारले निर्णय गरेको छ ।
वृद्धवृद्धा भत्ता, पेन्सन लिनका लागि राष्ट्रिय परिचयपत्र चाहिने निर्णयबाट निर्णयबाट पछि हटेको हो ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय प्ररिचयपत्र लागू गर्ने निर्णय भएकामा तत्कालका लागि पछि हटेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि उक्त निर्णय स्थगित गरिएको जानकारी दिइन ।
Categorized in राष्ट्रिय