१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

अब विराटगरबाट पनि माउन्टेन फ्लाईट सुरु


प्रकाशित: शनिवार, ८ मंसिर २०७५, ११ः३० बजे
- महानगरखबर

काठमाडौं । पर्यटन व्यवसायीहरु आवद्ध ‘विराट होलिडेज’ नामक संस्थाका पहलमा आज (शनिवार) बाट पर्वतीय उडान (माउन्टेन फ्लाईट) सुरु भएको छ । 


व्यवसायिक रुपमा निजी क्षेत्रको यो पहिलो पटक उडान हो ।  विराटनगरका पर्यटन व्यवसायीहरुको पहलमा शनिबारबाट शुरु गरिएको माउन्टेन फ्लाइटमा प्रदेश नं. एकका मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरु, प्रदेश सरकारका प्रमुख सचिवहरु माउन्टेन फलाईटबाट प्रदेश १ मा रहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरु अवलोकन गरेर उद्घाटन गरेका थिए । 


त्यसैगरी विभिन्न मन्त्रालयका सचिवहरु, पर्यटन व्यवसायीसहितको टोली समेत सो विमानमा थिए । 


यति एयरलाइन्सको सीआरजे जेट स्ट्रिमको २३ सिटे विमानले माउन्टेन फ्लाइट गरिएको थियो । विशेषगरी भारत र बंगलादेशका पर्यटकसमेतलाई लक्षित गरी काठमाडौंभन्दा सस्तो दरमा माउन्टेन फ्लाइटको साप्ताहिक उडान गर्ने योजना छ । 


विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठका अनुसार साप्ताहिकरुपमा गरिने माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्ससँग कुल ५५ मिनेटको उडान अवधि रहेको माउन्टेन फ्लाइटका लागि प्रतिउडान १ लाख ८० हजार दिने गरी सम्झौता भएको छ । 


माउन्टेन फ्लाईटका लागि प्रति यात्रुले ९ हजार ९ सय रुपैयाँमा विराटनगरबाट माउन्टेन फ्लाइट गर्न पाउने विराटनगर ट्राभल्स एसोसियसनका अध्यक्ष फडिन्द्र अधिकारीले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex