१२ बैशाख २०८१, बुधबार
Header

अब लोडसेडिङ हुन्छ भन्ने चिन्ता नलिनुहोसः शाक्य


प्रकाशित: मंगलवार, २ मंसिर २०७७, १४ः३० बजे
- महानगरखवर

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङको भयावह अवस्था नरहने बताएका छन ।


ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँगै शनिवार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) को कन्ट्रोल रुममै बसेर तीन घण्टा बढी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिएका शाक्यले सो कुरा वताएको हो ।


नेपालीहरुको दोश्रो ठूलो चाड तिहारअन्तर्गतको लक्ष्मी पूजाका दिन पनि कतैबाट गुनासो आएन सबैले झिलीमिली बत्ती बाल्ने वातावरण निर्माण भएको शाक्यको भनाई छ । 


अघिल्लो वर्ष पीक आवरमा ११ सय २८ मेगावाट विद्युतको माग भएको भन्दै त्यसैको आधारमा बढीमा ११ सय ५० मेगावाटसम्म खपत हुने अपेक्षा गरेको जानकारी दिए । ‘अघिल्लो वर्ष लक्ष्मीपुजाको साँझ पीक आवरमा ११ सय २८ मेगावाट विद्युत माग भएको थियो हामीले त्यसैलाई आधार मानेर ११ सय १० देखि ५० सम्मको अपेक्षासहित थप २ सय मेगावाट रिजर्भमा राखेका थियौँ,’ उनल भने, ‘त्यसैको व्यवस्थापनका लागि शुक्रबार म मध्यरातसम्म भार प्रेषण केन्द्रमै खटेको थिएँ । 


शनिवार मैले मुलुक भरका स्टेशन प्रमुखसँग सम्पर्क गरी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थिएँ । शनिवार नै पाटनको सवस्टेशनमा आफैँ पुगी अनुगमन गरेँ । यी सबै कारणले लक्ष्मी पुजाका दिन लोडसेडिङ हुन्न भन्नेमा हामी ढुक्क थियौँ ।’ 


प्राविधिक कारणले फिडर, ट्रान्सफर्रमरलगायतमा भएको समस्यालाई तत्काल समाधान गर्न सकिने बाहेक अरु समस्या नहुने सो अवसरमा शाक्यले जानकारी दिए । 


शाक्यले भने, ‘अब मेरो ध्यान क्वालिटी, सर्भिस र विद्युत महसुल घटाउनेमा केन्द्रित हुने छ । राष्ट्रिय विद्युत् प्रसारणलाइन ९ट्रान्समिसनलाइन० निर्माण पनि मेरो प्राथमिकतामा छ ।’


अहिलेको चुनौति भनेकै गुणस्तर बढाउने हो । केही समय हामीले अझै व्यवस्थापनका लागि दुःख गर्नुपर्छ । त्यसपछि विस्तारै हामी विद्युतमा आत्मनिर्भर हुने शाक्यले विश्वास व्यक्त गरे । 


भार प्रेषण केन्द्रका प्रमुख प्रणाली सञ्चालन विभागका प्रमुख सुरेशबहादुर भट्टराईले पनि दिपावलीको लक्ष्मीपुजाका लागि हरेक वर्ष योजना बनाउँदै आएको भन्दै यो वर्ष पनि १३ सय २० मेगावाट विद्युत रिजर्भ राखेको जानकारी दिए । 
मंगलवार, २ मंसिर २०७७, १४ः३० बज्

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD