१३ बैशाख २०८१, बिहिबार
Header

अब, राहत होइन रोजगारी दिईनेः नगरपालिका फोरम


प्रकाशित: आईतवार, २८ बैशाख २०७७, १२ः१० बजे
- महानगरखबर

काठमाडौँ । उपत्यका नगरपालिका फोरमले अब राहत होइन रोजगारी दिने निर्णय गरेको छ । 


सरकारले जारी राखेको लकडाउनलाई पालना गर्दै सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोडी अर्थतन्त्रलाई चलायमान बनाउने फोरमले निर्णय गरेको हो । 


उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमको बैठकले यस्तो निर्णय काठमाडौं महानगरपालिका प्रमुख तथा फोरम अध्यक्ष विद्यासुन्द शाक्यले जानकारी दिए । 


प्रमुख शाक्यले भने,‘कोरोना भाइरसको यस विषयम परिस्थितिमा काठमाडौँ उपत्यका भित्र रहेका कसैको पनि घरमा चुलो निम्भ नदिने र भोकै रहन नदिने व्यवस्था गर्दै सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउने निर्णय भएको छ ।’


सरकारले बैशाख २६ गतेवाट सरकारले २०७७ बैशाख २६ गतेबाट लागु हुने गरी अत्यावश्यक उद्योगहरु सञ्चालन गर्ने निर्णय गरेको भन्दै ती क्षेत्रहरु संञ्चालनमा सहजीकरण गर्दै लकडाउनलाई पालन गर्ने–गराउने निर्णय पनि बैठकमा भएको प्रमुख शाक्यले वताए । 


प्रमुख शाक्यले आगमनको हकमा व्यवस्थित गर्न प्रस्थान विन्दुुमा कडाई गर्ने, पुग्नुपर्ने गन्तव्य स्थानका स्थानीय तहसँग पनि समन्वय गरेर मात्रै पठाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको जानकारी दिए । 


छ,’ शाक्यले भन्नुभयो,  ‘त्यसका लागि उपत्यका छिर्ने नाकामा आएपछि मात्रै सवारीलाई रोक्ने होइन कि जुन विन्दुबाट आउन खोजेको हो त्यहि बिन्दूबाटै आवत–जावत गर्न नदिने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय भएको छ । अत्यावश्यक कामका लागि उपत्यका छिर्नुपर्ने बाध्यता हो भने अनुमति लिएर मात्रै छिर्ने व्यवस्था गर्न अनुरोध गर्ने निर्णय भएको छ ।’ 


‘आवत–जातवलाई कडाई गर्ने र निश्चित क्षेत्रभित्र सामाजिक दूरी कायम गर्दै आर्थिक गतिविधिलाई चलाय राख्ने हो भने संक्रमणबाट पनि बच्न सकिन्छ, भविश्यमा पर्न सक्ने आर्थिक संकटलाई पनि केही हदसम्म न्युनिकरण गर्न सकिन्छ भन्ने उपत्यका नगरपालिका फोरमको ठहर छ ।’ प्रमुख शाक्यले भने । 


त्यसैगरी मध्यपुर ठिमी नगरपालिकाका प्रमुख एवं नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले उपत्यकामा क्वारेण्टाइनको व्यवस्थापन संघीय सरकारले गर्ने र त्यसका लागि आवश्यक सहयोग स्थानीय तहले गर्ने निर्णय गरेको जानकारी दिए । 


फोरमले यस अघि नै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा निर्वाध रुपमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुने भन्दै त्यसो नगर्न आग्रह गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD