काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारी सीसी क्यामेराको निगरानीमा हुने भएको छ ।
महानगरका सेवाग्राहीलाई कर्मचारीले दिने सेवाप्रवाहको प्रत्यक्ष निगरानी गर्न तथा सेवाग्राहीलाई छिटो भन्दा छिटो सेवा प्रदान गर्न र कर्मचारी समयमा आए नआएको, काममा हुने ढिला सुस्ती लगायतका विषयमा ध्यान दिन सीसी क्यामेरामा जडान गरिएको महानगरले जनाएको छ ।
महानगरले सबै विभाग र नगद कारोबार हुने कार्यालय स्थानमा सीसी क्यामेरा राख्न थालिएको महानगरका निर्देशक नवराज थापाले बताएका छन । रत्नपार्क, बालाजुमा रहेको राजश्व काउन्टरमा पनि सीसी क्यामेरा राख्न सुरु भइसको उनले जानकारी दिए ।
त्यसैगरी कर्मचारीहरुको हाजीरी रेकर्ड अनुसार तलव वितरण गरिने भएको छ । महानगरको प्रशासन विभाग प्रमुख महेश काफ्लेका अनुसार काठमाडांै महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने व्यवस्था गरिएको हो ।
महानगरले आफ्ना मातहातका सबै वडा र विभागलाई पत्र लेखेर सो सुचित गरेको छ । ‘चैत मसान्तमा महानगरपालिकाका वेबसाइटमा गरिएको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी वेबसाइटमा नदेखिएकाले के–कति कारणले हाजिर नभएको र आफ्नो वडा÷विभागमा कार्यरत कर्मचारीहरुको विवरण प्रशासन विभागको मेलमा नपठाएमा असार महिनाको तलब नबन्ने छ ।’ जारी सुचनामा उल्लेख छ ।
काठमाडौं महानगरपालिकाको १४ वटा विभाग छन । बबरमहलमा ५ वटा विभाग, ताहाचालमा २ वटा विभाग, टेकुमा २ वटा विभाग, राष्ट्रिय सभामा एक विभाग र बाँकी सुन्धारस्थित महानगरको कार्यालयमा रहेको छ ।
काठमाडौैं महानगरमा २ हजार ५ सय कर्मचारीको दरबन्दी भएता पनि हाल १ हजार ८ सय कर्मचारी कार्यरत छन ।
Categorized in स्थानिय