१४ बैशाख २०८१, शुक्रबार
Header

अब, महानगरका ३२ वटै वडाको राजस्व प्रणाली अनलाइनमार्फत


प्रकाशित: आईतवार, ११ असोज २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको मंगलवारदेखि ३२ वटै वडाको राजस्व प्रणाली अनलाइनमार्फत हुने भएको छ ।


१० दिनको अवधिमा काठमाडौं महानगरका २० वटा वडाबाट ८५० जना करदाताले अनलाइन प्रणालीबाट रकम भुक्तानी गरेको महागरपालिको जनाएको छ । 


महानगरले असोज १ गतेदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बट प्रणाली सञ्चालनमा ल्याएको हो । सफ्टवेयर सञ्चालन गर्ने प्राबिधिक ज्ञान दिँदै असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ वडामा प्रणाली सञ्चालन गरियो ।

 
राजस्व बिभागका निर्देशक शिवराज अधिकारीका अनुसार यस अवधिमा प्रणालीमा जोडिएका करदाताले तिरेको करबाट महानगरले १ करोड ६० लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ । अहिले वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ गरी १२ वटा वडाका कर्मचारीका लागि तालिम भइरहेको छ । 


सांग्रिला इन्फरमेटिक्स प्रा. लि.असोज १ गतेबाट चरणवद्ध रुपमा सञ्चालन थालिएको राजस्व निर्धारण तथा संकलन प्रणालीलाई असोज १३ गतेदेखि सबै वडामा पुगाउने लक्ष्य लिएको महानगरले वताएको छ । 


काठमाडौँ महानगरपालिकाले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै वडा–४ धुम्बाराहीका मदन कोइरालाले केही दिन अघि मात्रै वडा कार्यालयमै पुगेर अनलाइनमार्फत सम्पत्ति कर शीर्षकमा भुक्तानी गरेको अनुभव सुनाएका छन । 


विगतका वर्षहरुमा लामो समयसम्म लाइनमा बसेर निकै झण्झटिलो तरिकाले कर तिर्दै आउनुभएका कोइरालाले पहिलो पटक अनलाइनमार्फत लाइन नवसी कर तिर्न पाउँदाको खुशी साट्दै भनिन, ‘अहिले कोभिड–१९ को महामारी चलिरहेका बेला विना भिडभाड अनलाइनमार्फत कर भुक्तानी गर्न पाउँदा उत्साहित छु ।’ 


कोइरालाले आगामी दिनमा घरमै बसेर भुक्तानी गर्न सकिनेमा आफू आशावादी रहेको भन्दै महानगरपालिकाको यो पहल सकारात्मक भएको प्रतिक्रिया दिइन । ग्रिनहिल सिटीका गोपाल भट्राईले पनि चालु आर्थिक वर्षको सम्पत्ति कर शीर्षकमा करीब ७ लाख भुक्तानी गरेको जानकारी दिए । 


पहिलो पटक अनलाइनबाटै कर भुक्तानी गर्न पाउँदा उहाँले पनि खुशी लागेको बताउनुभयो । ‘विना झण्झट र छिटो–छरितो तरिकाले कर भुक्तानी गर्न सकिने यो स्मार्ट प्रणाली एकदम प्रभावकारी छ । काठमाडौँ महानगरपालिका स्मार्ट प्रणालीमा अघि बढ्दै छ भन्ने सन्देश यसले दिएको उनको भनाई छ । 


काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल पनि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै सकारात्मक प्रतिक्रिया आएको बताए ।  


‘आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममै काठमाडौँ महानगरपालिकाले संकलन गर्ने कर, सेवा शुल्क तथा जरिवानालाई बैकिङ तथा विद्युतीय प्रणालीबाट गर्ने उल्लेख गरिएको अर्यालले भनाई छ । 


अर्यालले भने, ‘अहिले कोभिड–१९ को महामारीका बीच पनि यो प्रणालीको विकास गरी सकारात्मक कामको थालनी भएको हो । अनलाइन मार्फत राजश्व भुक्तानीको सुरुवातसँगै वडाहरुमा सेवाग्राहीको भिडभाड कम हुने र सेवा पनि प्रभावकारी हुने अपेक्षा लिएका छौँ ।’


काठमाडौँ महानगरपालिका भित्र करीब ३ लाख करदाता रहेका छन । आर्थिक वर्ष २०७६÷०७७ मात्रै ८३ प्रतिशत राजस्व असुली भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD