२७ बैशाख २०८१, बिहिबार
Header

अब बैंकहरुले बढि भएको पैसा राख्न राष्ट्र बैंकमा राख्न सक्ने


प्रकाशित: सोमवार, २९ माघ २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्र बैंकले बैंकहरुलाई बढि भएको पैसा राख्न सक्ने सुविधा प्रदान गर्ने भएको छ ।


फागुनबाट अब बैंकहरुले आफूसँग बढि भएको पैसा एक निश्चित समय र ब्याजदरमा राष्ट्र बैंकमा राख्न सक्ने पाउने छन ।

 
चालु आर्थिक वर्ष २०८०/८१ मा ल्याइएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले यो सुविधाको अभ्यास गर्न खोजेको हो ।

 
बैंकले पहिलो पटक स्थायी निक्षेप संकलन सुविधा उपकरण अभ्यासमा ल्याउन खोजेको छ । 


बैंकहरूले न्यूनतम रकम २० करोड रूपैयाँदेखि सोभन्दा बढी ५ करोडले भाग गर्दा निःशेष रहने अंकसम्म राख्न सक्ने छन । 


यो सुविधा चार दिन अवधिका लागि उपलब्ध हुने भएको छ । भुक्तानी मिति अगावै बैंकहरूले निक्षेप फिर्ता पाउने छैनन ।

 
तर भुक्तानी मितिमा बैंक बिदा पर्ने अवस्थामा बिदाको अघिल्लो दिनमा भुक्तानी हुने गरी कम अवधिका लागि समेत दिने भएको छ ।


यस्तो सुविधामा बैंकहरूले ३ प्रतिशत ब्याजदर पाउँछन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्राविधिक सहयोगमा यस्तो उपकरण प्रचलनमा ल्याउन लागिएको हो।


हाल राष्ट्र बैंकले रिभर्स रिपो, निक्षेप संकलन, आउटराइट सेल र बन्ड जस्ता उपकरणमार्फत् प्रणालीमा अधिक भएको रकम खिच्छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD