२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

अब बृद्ध भत्ता ७० बर्षमा, जनआन्दोलनका घाईते र सहिदले पनि भत्ता पाउने 


प्रकाशित: शुक्रबार, २९ भाद्र २०७५, १०ः३४ बजे
- महानगरखबर

काठमाडौं । सामाजिक सुरक्षा अन्तर्गतको बृद्धभत्ता पाउने उमेर ७० बर्ष कायम भएको छ । 


संसदको राज्यव्यवस्था समितिले सामाजिक सुरक्षाका लागि निर्माण गरेको विधेयकमा ७० बर्ष उमेर निर्धारण गरेको हो । यस अघि शेरबहादुर देउवा सरकारले २०७४ सालमा मन्त्रिपरिषदबाट वृद्धभत्ता पाउने उमेर ६५ कायम गरेको थियो ।


विधेयकमा जनआन्दोलनका घाईते र सहिद परिवारले पनि भत्ता पाउने व्यवस्था गरेको छ । 


सरकारले सामाजिक सुरक्षा बिधेयकले कानुन रुप लिने भएको छ । संसदमा शनिबार सो विधेयक पेश गरिदै छ । 


एकल महिला र दलितको हकमा भने भने ६५ वर्षकै उमेमा वृद्धभत्ता पाउनेछ ।  


पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले २०५१ सालमा ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैँयाबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता अहिले २ हजार पुगेको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika