२२ बैशाख २०८१, शनिबार
Header

अब पेट्रोल प्रतिलिटर १४५ रुपियाँ !


प्रकाशित: आईतवार, ८ फागुन २०७८, १४ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि गरेको छ । 


शनिवार राती १२ बजेदेखि लागु हुने गरेको मूल्य बृद्धि अनुसार अब पेट्रोल प्रतिलिटर १४५ रुपियाँ भएको छ । डजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम भएको छ । 


साबिकको मूल्यमा अब प्रतिलिटर तीन रुपैयाँले वृद्धि भएको आयल निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए । यस अघि माघ १८ गते पेट्रोलियम पदार्थमको मूल्य बढाएको थियो ।  


निगमका अनुसार मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमै २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहेको छ । 


यो मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमको विज्ञप्तिमा भनिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD