काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागु हुने गरी श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ ।
अब न्यूनतम पारिश्रमिक १९,५५० रुपैयाँ हुनेछ ।
यसअन्तर्गत आधारभूत पारिश्रमिक १२,१७० रुपैयाँ र महँगी भत्ता ७,३८० रुपैयाँ कायम गरिएको हो ।
समितिका अध्यक्ष प्रदीपकुमार कोइरालाका अनुसार, सरकार, रोजगारदाता र श्रमिक संगठनबीचको सहमतिमा पारिश्रमिक वृद्धि गरिएको हो ।
माओवादी निकट मजदुर संगठनले प्रस्ताव गरेको २०,३०० पारिश्रमिकमा सहमति नजुटे पनि अन्ततः एमाले र कांग्रेस निकट संगठनको सहमतिमा निर्णय पारित गरिएको हो ।
अब दैनिक ज्याला ७५४ रुपैयाँ र आंशिक श्रमिकको प्रतिघण्टा ज्याला १०७ रुपैयाँ हुनेछ । चिया बगान श्रमिकका लागि भने छुट्टै निर्णय हुने छ ।
Categorized in बजार