१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

अब नेपाली ग्यास बुलेटले ग्यास ओसार्ने


प्रकाशित: शुक्रवार, १२ असोज २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली ग्यास बुलेटले भारतबाट ग्यास आेसार्ने शुक्रवार भारत सरकारसँग सहमति जुटेको छ । 


उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भारतका पेट्रोलियम मन्त्री धमेन्द्र प्रधानबीच आज नेपाली ग्यास बुलेटले ग्यास ल्याउने विषयमा सहमति भएको हो । 


हाल निर्माण भईसकेको ५३ वटा बुलेटलाई अनुमति दिएको हो । सहमति अनुसार ग्यास बुलेटले रिफाईनरी बाहेक टर्मिनल(स्टोरेज)बाट ग्यास भर्न पाउनेछ । 


एक्सप्लोसिभ कानुन अनुसार नेपाली वुलेटलाई रिफाइनरीमा जान दिन नमिल्ने भएकोले टर्मिनल(स्टोरेज)सम्मको पहुँच दिएको हो ।

 
यो सहमतिपछि इन्डियन आयल कर्पोरेशन(आइओसी)को टर्मिनल भएका स्थानमा मात्रै नेपाली वुलेटले ग्यास ल्याउन पाउनेछन । 


आइओसीको टर्मिनल मथुरा र पारादीपमा मात्रै भएको नेपाल आयल निगमले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex