३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अब ट्राफिकले नमस्कार गरेर कार्वाही अघि बढाउने


प्रकाशित: सोमबार, ३ चैत्र २०७६, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । सवारी नियम उल्लंघन गर्ने सेवाग्राहीलाई ट्राफिकले नमस्कार गरेर कार्वाही अघि बढाउने भएको छ । 


महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने सेवाग्राहीलाई सम्मानका साथ ‘नमस्कार’ गरेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।


महाशाखाले ट्राफिकको यस किसिमको व्यवहारले एकआपसमा श्रद्धा समेत बढ्ने र सवारी नियम उल्लंघन गर्नेले हिनताबोध गर्ने ट्राफिक महाशाखाको ठहर छ । 


यस सेवाग्राहीले नियम उल्लंघन गर्ने वित्तिकै चालक र सहचालकलाई चिट काटेर सिठ्ठी फुकेर लखेट्ने प्रवृत्तिको अन्त्य हुने ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex