८ बैशाख २०८१, शनिबार
Header

अब खोप केन्द्रमा भीडभाड नहुनेः स्वास्थ्यमन्त्री श्रेष्ठ


प्रकाशित: शनिवार, २६ असार २०७८, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य मन्त्रालयका समेत जिम्मेवारी पाएका मन्त्री कृष्णगोपाल श्रेष्ठले यसै महिनामा कोभिडको खोप ठुलो परिणाममा आउने बताएका छन । 


मन्त्री श्रेष्ठले शुक्रवार कीतिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिका जोड्ने दिखु पुल उद्घाटनको क्रममा खोप आउने क्रम जारी रहेको अब खोप केन्द्रमा पहिले जस्तो भिडभाड नहुने बताए । 


मन्त्री श्रेष्ठले नेपाल सरकारको पहिलो प्राथमिकता नै जनातको स्वास्थ्य र जनताको जीवन भएको उल्लेख गर्नुहुँदै चीनबाट ८ लाख भ्याक्सिन नेपाल आएको र एक हप्तापछि १२ लाख फेरि अर्काे हप्तामा १२ लाख गरी यसै महिनामा ४० लाख भ्याकसिन आउने जानकारी दिए । 


त्यसैगरी अमेरिकोको जोनसन एड जोनसन भ्याक्सिन यही २८ गते १५ लाख डोज आउने बताउनुभयो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD